एमाले अध्यक्ष ओलीको ठोकुवा- चारवटा भैँसी समातेर कांग्रेस भिरमा जाँदैछ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘चारवटा भैँसी समातेर नेपाली कांग्रेस भिरमा जान लागेको’ बताउनु भएको छ ।

आज बिहीबार राजधानीमा एमालेको सल्लाहकार परिषद्को पहिलो बैठकमा सम्बोधन गर्दै उहाँले कांग्रेसले जोखिमपूर्ण चुनावी तालमेल गरेको पनि बताउनु भयो ।

“भैँसी भिरतिर गयो भनेर जोगाउने प्रयास गर्नुपर्छ । तर, लड्नै लागिसकेपछि छोडिदिएन भने आफू पनि भैँसीसँगै लडेर समाप्त हुने जोखिम हुन्छ,” अध्यक्ष ओलीले भन्नुभयो, “कांग्रेस अहिले चारवटा भैँसी समातेर भिरतिर गइरहेको छ ।”
अध्यक्ष ओलीले समयमा सत्ता गठबन्धनका दल छोड्न नसके कांग्रेसको हालत खराब हुने जिकिर समेत गर्नुभयो । उहाँले यो स्थानीय तहका अधिकाङ्स ठाउँहरुमा एमालेले जित्ने दावी समेत गर्नुभयो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *