कांग्रेसले एमालेसँग चुनाव लड्न आँट गरेको छैन, माधव नेपालको प्युसो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालको अगुवाइमा एमाले समाप्त पार्ने अभियान चलिरहेको बताउनु भएको छ ।
मंगलबार पोखरामा कास्कीमा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एमाले समाप्त पार्न प्रदेशहरुमा पनि मन्त्री बाँड्दै हिँडेको बताउनु भयो। स्थानीय तहमा पनि मेयरको टिकट दिउँला भनेर प्रलोभनमा पार्ने प्रयास भइरहेको भन्दै उहाले अघि भन्नुभयो, ‘ कांग्रेसले लड्ने आँट गरेको छैन, माधव नेपालको प्युसो !’

हिजोको दिनमा नेकपा रहँदा पनि प्रचण्ड र माधव नेपालले आफूलाई प्रधानमन्त्री र अध्यक्षबाट हटाउने र पार्टी कब्जा गर्ने प्रयास गरेको उहाले बताउनु भयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘थुप्रै नेताहरु जाउँ कता जाउँ भनेर बसेको बेला युवा, विद्यार्थी साथीहरु मसाल बोकेर निस्किनुभयो । एमाले कब्जा हुँदैन भनेर उठ्नुभयो ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *