‘सिद्धिन लागेका प्रचण्डलाई ५३ सीट दिलाएँ, पालेको सर्पले डस्यो’ : अध्यक्ष ओली

काठमाडौ ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिद्धिन लागेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदमा ५३ सीट दिलाए पनि उनले कम्युनिस्ट आन्दोलन विभाजन गर्न खोजेको आरोप लगाउनु भएको छ ।

नेकपा एमाले सोलुखुम्बुले सल्लेरीमा आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीका साथीहरूले नमान्दानमान्दै पनि प्रचण्डसँग चुनावी तालमेल गरेको बताउनु भयो ।

‘प्रचण्ड सिद्धिन लागेका थिएँ, सिद्धिन लागेका प्रचण्डलाई ५३ सीट मैले दिलाएँ । पार्टीमा साथीहरूले मानेका थिएनन्- तपाईं सर्प घरभित्र राख्दै हुनुहुन्छ, कतिखेर डस्छ भन्दै थिए । मलाई दाँत फुकाउन आउँछ चिन्ता नगर्नु भनेको थिएँ, साथीहरूले भन्दाभन्दै डसे,’ अध्यक्ष ओलीले भन्नुभयो ।
अध्यक्ष ओलीले महँगोमा बिजुली किनेर नेपालीको ढाड भाँच्ने एकजना कर्मचारीलाई चुनावी प्रचारमा फोटो राखेर हिँडेको भन्दै व्यंग्य गर्नुभयो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *