सोलुखुम्बुबाट काङ्ग्रेस महासमिति सदस्य सहितका नेताहरुलाई भित्र्याउन एमाले अध्यक्ष ओली आज सोलुखुम्बु जानूहुँदै

काठमाडौं ! पुर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली आज सोलुखुम्बुको सल्लेरी जाँदै हुनुहुन्छ।

सल्लेरीमा आयोजित पार्टी प्रवेश तथा चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष ओली आज त्यसतर्फ जान लाग्नुभएको हो ।
सल्लेरीमा अध्यक्ष ओलीले कांग्रेस महासमिति सदस्य काजी शेर्पासहित कांग्रेस र माओवादीका हजारौं नेता कार्यकर्तालाई एमाले प्रवेश गराउने कार्यक्रम रहेको जनाइएको छ।

शेर्पा कांग्रेसबाट सोलु दुधकुण्ड नगरपालिकाका मेयरका दाबेदार पनि हुनुहुन्छ । उक्त सभामा अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल लगायतका नेताहरुपनि सल्लेरी जाँदै हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *