जसपा नेपालबाट निर्वाचित मेयर लगायत ५ हजार जनालाई स्वागत गर्न एमाले अध्यक्ष ओली सर्लाही जानूहुँदै

काठमाडौं ! जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)बाट विजयी कबिलासी नगरपालिका प्रमुख कौशलकिशोर यादव आज नेकपा एमाले प्रवेश गर्दै हुनुहुन्छ । सर्लाहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममार्फत मेयर यादवलगायत बिभिन्न पार्टीबाट विजयी वडा अध्यक्ष र विगतको निर्वाचनका प्रत्यासी उम्मेदवारहरूलाई पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने कार्यक्रम रहेको छ ।उहाँहरुलाई पार्टीमा स्वागत गर्न अध्यक्ष ओली सर्लाही जाँदै हुनुहुन्छ।

‘मेयर, वडा अध्यक्षहरू, विगतमा निर्वाचनमा मेयर र गाउँपालिकाका अध्यक्षका प्रत्यासीहरुलाई पार्टी प्रवेश गराउनका लागि अध्यक्षज्यू आज सर्लाही आउँदै हुनुहुन्छ’ एमाले केन्द्रीय सदस्य बद्री न्यौपानेले भन्नुभयो, ‘झन्डै ५ हजारजना आज एमाले प्रवेश गर्नेछन् ।’ उहाँका अनुसार सर्लाही सदरमुकाम मंलगवामा आयोजना हुने आमसभालाई अध्यक्ष ओलीलगायतका एमालेका अन्य शिर्ष नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *