बैशाख ३० पछि स्थानिय तह एमालेमय बन्नेछ : अध्यक्ष ओली

काठमाडौं ! नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनकोे नतिजा एमालेमय हुनुपर्ने बताउनु भयो।
नेकपा (एमाले) नुवाकोट जिल्ला कमिटिले आयोजना गरेको वृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई आज संवोधन गर्दै अध्यक्ष ओलीले देशको ७ सय ५३ वटै स्थानीय तह एमालेको कब्जामा हुनुपर्ने बताउनु भएको छ। एमालेलाई जित्न नदिनको लागि ५ दलले गठबन्धन मार्फत षड्यन्त्र गरिरहेको तर सफल नहुने उहाँको जिकिर छ।

‘वैशाख ३० गते देशको सबै स्थानीय तहमा निर्वाचन हुदैछ तर एमालेको उम्मेदवारलाई हराउन गठबन्धन मार्फत षड्यन्त्र गरिरहेका छन् तर गठबन्धन जे सुकै होस् सुखी नेपाली समृद्ध नेपाल निर्माणको लागि एमालेको सूर्य चिन्हमा भोट हाल्नुहुन सबैलाई आग्रह गर्न चाहान्छु,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘एमालेले निर्वाचन जितेर कहिल्यै घमण्ड गर्दैन। झन् शालिन र विनम्रताको साथ जनताको सेवामा तल्लिन हुनेछ। अत्याधिक बहुमतको साथ आउँदो प्रदेश र संसदीय निर्वाचन जितेर बहुमतको साथ सरकार बनाउनेछ।’
आफ्नो पार्टीका कार्यकर्ताहरुलाई मत बढाउन तर्फ लाग्न समेत अध्यक्ष ओलीले निर्देशन दिनुभयो।

पार्टीले उम्मेदवार छनौट गरेपछि एक मन भएर एक सुरले चुनावी अभियानलाई अघि बढाउन समेत  उनले नुवाकोटका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो। आसन्न स्थानीय तह जित्नै पर्ने दोहोह्राउदै ओलीले भन्नुभयो, ‘भोट के मा भनेर प्रश्न गर्दा सबैको आँखा सूर्यमा पुग्ने गरेको छ। हामीलाई आएको मत कसरी जोगाउने त्यसतर्फ लाग्नु जरुरी छ। बत्ति निभाएर, मतपेटिका साट्नेदेखि मतपत्र चपाउनेसम्म छन्। मतपत्र आँखाबाट ओझेल पर्न नदिनुस्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *