एमाले अध्यक्ष ओलीलाई विश्व स्काउट सङ्गठन, एशिया प्रशान्त क्षेत्रको ठूलो ‘मेधावी योगदान पदक’ प्रदान

काठमाडौं ! राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई विश्व स्काउट सङ्गठन, एशिया प्रशान्त क्षेत्रको ठूलो ‘मेधावी योगदान पदक’ प्रदान गर्नुभएको छ । नेपाल स्काउटद्वारा बिहीबार आयोजित समारोहमा राष्ट्रपति भण्डारीबाट अध्यक्ष ओलीले प्रधानमन्त्री रहँदा नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रबर्द्धनमार्फत् बालबालिका तथा युवाको सर्वपक्षीय विकासमा दिएको योगदानको कदर गर्दै सो पदक प्रदान गरिएको हो ।
राष्ट्रपति भण्डारीले शान्तिपूर्ण राजनीतिक यात्राका क्रममा लामो जेल जीवन बिताएर मुलुकका लागि पूर्वप्रधानमन्त्री ओलीले दिएको योगदानप्रति ‘मेधावी योगदान पदक’ ले गौरव प्रदान गर्ने बताउनुभयो ।
अध्यक्ष ओलीले मानव कल्याणका लागि अझै गतिशील र सङ्गठित हुन स्काउटलाई आग्रह गर्दै चारित्रिक र नैतिक हिसाबले आदर्शवान समाज निर्माणमा अग्रसर हुनुपर्ने बताउनुभयो ।                           

Leave a Reply

Your email address will not be published. Required fields are marked *