सरकारले निर्वाचन सार्ने षड्यन्त्र गर्दैछ : अध्यक्ष ओली

बिराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र भइरहेको बताउनु भएको छ ।
आज बुधबार मोरङको विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताउनु भएको हो। उहाँले भन्नुभयो, ‘स्थानीय तहको निर्वाचन नगर्न षड्यन्त्र भइरहेको छ । यस्ता षड्यन्त्रलाई अदालतले पनि मान्नु हुँदैन, निर्वाचन अयोगले पनि मान्न हुँदैन ।’

उहाँले देश टाट पल्टिने अवस्थातर्फ गएको समेत उल्लेख गर्नुभयो । देशको अर्थतन्त्र अत्यन्त भयावह अवस्थातर्फ गइरहेको भन्दै उहाँले थप्नुभयो, ‘हाम्रै अगाडि श्रीलंकाको उदाहरण छँदैछ । श्रीलंका अत्यन्त अफ्ठ्यारो अवस्थामा पुगेको छ, नेपाल त्यता जाँदैन भन्न सकिंदैन ।’ यस्तो अवस्थामा पाँचदलीय गठबन्धनले भने देशलाई अझ अस्थिरतातिर लैजाने षड्यन्त्र गरिरहेको उहाँ जिकिर गर्नुभयो ।

अध्यक्ष ओलीले आज विराटनगरमा विभिन्न पार्टी परित्याग गरि हजारौलाई एमालेमा प्रवेश गराउदै हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *