काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग एमसीसी झुक्याएर पास गर्न खोजेको आरोप लगाउनुभएको छ । काठमाण्डौ महानगर स्तरीय कार्यकर्ता भेलामा अध्यक्ष अ‍ोलीले कांग्रेस र माओवादीकै सरकारकाे पालामा एमसीसी सम्झौतामा हस्ताक्षर गरेको तर उनीहरु नबोलेको भन्दै आपत्ति जनाउनुभयो ।

‘कांग्रेस र एमाले हुँदा एमसीसी गरेका हुन्, अहिले यिनीहरु बोल्दैनन्, झुक्याएर पास गर्न खोजेका होलान्, एमसीसी के गर्ने भनेर शेरबहादुर देउवा जीले भन्नुपर्दैन ?, प्रचण्डले बोल्नुपर्दैन एमसीसी के गर्ने ?’ ओलीले प्रश्न सोध्नुभयो ।