चीनसँग कुनै सीमा विवाद छैन- अध्यक्ष ओली

काठमाडौं ! चीनसँग कुनै सीमा विवाद नरहेको बताउँदै प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कसलाई खुसी पार्नका लागि सरकारले अध्ययन समिति गठन गरेको हो ? भनेर प्रश्न गर्नुभएको छ।

काठमाडौंमा शनिबार आयोजित कार्यकर्ता भेलामा ओलीले भन्नुभयो, ‘चीनसँग कुनै सीमा विवाद छँदै छैन। कसलाई खुसी पार्नका लागि चीनसँग सीमा विवाद भनेर समिति बनाउनुपर्‍यो? कसलाई खुसी पार्न?’

चीनसँग सीमा विवाद छैन भन्दै ओलीले थप्नुभयो, ‘यो समितिले सीमा विवाद देखाओस् चुनौती दिन चाहन्छु।’वर्तमान सरकारले चीनसँगको सम्बन्ध तनावग्रस्त बनाउन खोजेको ओलीले स्पस्ट पार्नुभयो। सरकारले चीनसँग सीमा विवाद रहेको भन्दै समिति गठन गर्ने निर्णय गरेपछि अध्यक्ष ओलीको यो प्रतिक्रिया आएको हो।

मन्त्रिपरिषद्को बैठकले चीनले हुम्लामा नेपालको भूमि मिचेको भन्दै त्यसको अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको थियो। उक्त निर्णयको सत्तारुढ दलसँगै प्रमुख प्रतिपक्षी दलले पनि विरोध गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *