एमाले अध्यक्ष ओली सामान्य अस्वस्थ

काठमाडौं ! पुर्वप्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सामान्य अस्वस्थ बन्नुभएको छ। माधव कुमार नेपाल एमालेबाट बाहिरिएपछी उहाँ पार्टिका नेता कार्यकर्तासग निरन्तर भेटघाट अनि सार्वजनिक कार्यक्रमहरुमा पनि सहभागी हुँदै आउनुभएको थियो।

यहि धपेडीका कारण उहाँलाई सामान्य ज्वरो आएको र अहिले निवास वालकोटमै आराम गरिरहनु भएको कुरा उहाँका प्रेस संयोजक रामशरण बजगाइले सभ्यखबरलाई बताउनु भयो।
उहाँको अवस्था सामान्य छ,कामको धपेडीले गर्दा सामान्य ज्वरो आएको हो र उहाँले अत्यावश्यक भेटघाट बाहेक अरु भेटघाट बन्द गर्नुभएको छ,बजगाइले भन्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *