५ दलिय गठबन्धनको हैसियत बैशाख ३० गते देखाइदिन्छौ : अध्यक्ष ओली

बझाङ । नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीले देशभरी छाएको एमालेको लहरले पाँच दलीय गठबन्धनको हैसियत देखाइदिने बताउनु भएको छ ।

आज बझाङमा आयोजित बृहत्  जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी बैशाख ३० गतेको स्थानीय निर्वाचनमा एमालेले गठबन्धनको हैसियत देखाइदिने ठुकुवा गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पाँच वटा बाख्रा एक ठाउँमा हुँदैमा भैँसी जत्रो हुँदैन।’
साथै उहाँले गठबन्धनलाई रिसाएको बिरालोको संज्ञासमेत दिनुभयो । उहाँले हाल गठबन्धनको अवस्था रिसाएको बिरालोजस्तै भएको उल्लेख गर्नुभयो ।
गभर्नरलाई निलम्बन गरिएको प्रशंग उल्लेख गर्दै अध्यक्ष ओलीले भन्नुभयो, अहिले पाँच दलीय गठबन्धको हालत रिसाएको बिरालोजस्तो भएको छ । मैले पहिले पनि भन्ने गरेको थिएँ । हिन्दीमा एउटा उखान छ । खिसियानी बिल्ली खम्बा नोचे अर्थात रिसाएको बिरालेले खम्बा चिथोर्छ । त्यस्तैगरी एमालेसँग रिसाएको गठबन्धनले गभर्नरलाई बर्खास्त गरियो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *