एमाले अध्यक्ष ओली आज बझाङ जानूहुँदै : २५ सय बढी नेता-कार्यकर्ता एमालेमा भित्र्याउनु हुँदै

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बझाङको चैनपुर जाँदै हुनुहुन्छ। एमाले बझाङद्रारा आयोजित पार्टीको बृहत् जनसभालाई सम्बोधन गर्न र विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नेहरुलाई पार्टीमा भित्र्याउन उहाँ बझाङ जान लाग्नु भएको हो।

आज आयोजित बृहत् जनसभाबाट २५ सय बढी नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गर्दैछन् । काङ्ग्रेस,माओवादी र एस लगायतका नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गर्ने कार्यक्रम रहेको एमाले बझाङले जनाएको छ।

अध्यक्ष ओली आज काठमाडौंबाट नेपालगन्ज हुँदै नेपालगन्जबाट हेलिकप्टर मार्फत बझाङ जान लाग्नु भएको हो। उहाँ बझाङको कार्यक्रम सकेर सोही रुट अनुरुप आजै काठमाडौं फर्किनु हुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *