देशको अर्थतन्त्र जोगाउन प्रयासरत गभर्नरलाई हटाएर सरकारले महाभुल गर्‍यो : अध्यक्ष ओली

काठमाडौँ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र बुझेका गभर्नरलाई सरकारले अनावश्यक रुपमा हटाएको बताउनु भएको छ ।

आज शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको अर्थतन्त्र जोगाउन प्रयासरत गभर्नर महाप्रसाद अधिकारीलाई हटाएर सरकारले ठूलो भुल गरेको बताउनु भयो।
अर्थमन्त्री जनार्दन शर्माप्रति इंगित गर्दै भन्नुभयो ‘धान खाने मुसो, चोट पाउने भ्यागुतो’ भएको उल्लेख गर्नुभयो । उहाँले थप्नुभयो, ‘थुतुनाभरी रौँ भएको मुसाले धान खायो, एउटै रौँ नभएको भ्यागुतालाई कारबाही गरियो ।’
त्यस्तै गभर्नरमाथि छानबिन गर्नसमेत माओवादी केन्द्रको इशारामा समिति गठन गरिएको अध्यक्ष ओलीले आरोप लगाउनु भयो । बिहीबारको मन्त्रिपरिषद् बैठकले गभर्नरमाथि छानबिन गर्न सर्वोच्चका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा जाँचबुझ समिति गठन गरेसँगै अधिकारी स्वतः निलम्बनमा पर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *