एमाले अध्यक्षको व्यस्तता : आजै ४ कार्यक्रम,उपत्यकाका २ कार्यक्रम सकेर बाग्लुङ र पर्वत जानूहुँदै

काठमाडौ ! पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आज मात्र ४ वटा कार्यक्रमहरु रहेको जनाइएको छ । काठमाडौं उपत्यकामा २ वटा र उपत्यका बाहिर २ वटा कार्यक्रम रहेको बालुवाटार स्रोतले जनाएको छ। अध्यक्ष ओलीले आज लोकतान्त्रिक अपाङ्ग संघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै हुनुहुन्छ ।
बिहान ९ बजे संघको सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको जनाइएको छ । यसपछि अध्यक्ष ओलीले विभिन्न पार्टीबाट आएका नेताहरूलाई पार्टीमा प्रवेश गराउने कार्यक्रम रहेको छ ।
काठमाडौं उपत्यकामा हुने यी दुई कार्यक्रमपछि अध्यक्ष ओली आजै पर्वत र बाग्लुङ जाँदै हुनुहुन्छ। ।  जिल्ला कमिटी पर्वत र बाग्लुङले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन र पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन उहाँ त्यसतर्फ जानुहुने जनाइएको छ ।

स्थानीय निकायको निर्वाचन नजिकिदै गर्दा अध्यक्ष ओलीको दौडधुप र सक्रियता लोभलाग्दो छ । उहाँ देशभरीका चुनावी सभा र पार्टीमा नेता कार्यकर्ताहरु भित्र्याउन दौडिरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *