चैत २८ गते पार्टीको विभिन्न कार्यक्रममा सहभागी हुन एमाले अध्यक्ष ओली बझाङ जानूहुँदै

काठमाडौं ! यहि चैत २८ गते पुर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीको विशेष कार्यक्रमको लागि बझाङ जानुहुने भएको छ। एमाले बझाङद्रारा आयोजित बृहत् जनसभा र पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन उहाँ बझाङ जान लाग्नु भएको हो।

बझाङको सदरमुकाम चैनपुरमा आयोजित उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि हजारौ नेता-कार्यकर्ताहरु एमालेमा प्रवेश गर्दैछन् । उनिहरुलाई अध्यक्ष ओलीले पार्टीमा स्वागत गर्नुहुनेछ।

उक्त कार्यक्रमको प्रचारप्रसारका लागि नेकपा एमाले बझाङ जिल्ला कमिटी सचिव आनन्दलाल विकको संयोजगत्वमा १३ सदस्यीय प्रचारप्रसार उपसमिती गठन गरिएको छ । बुधबार नेकपा एमालेको पार्टी कार्यालयमा बसेको प्रचारप्रसार उपसमितीको बैठकले कार्यक्रमको प्रचारप्रसारका लागि ६ वटा प्रस्तावहरु माथि छलफल गर्नुका साथै काम समेत बाँडफाँड गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *