आजभोलि विद्यार्थीलाई विदेश पठाएर पैसा कमाउने धन्दा चलिरहेको छ : अध्यक्ष ओली

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षत्रमा केहिले व्यापार गरिरहेको बताउनु भएको छ । एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अधिवेशनलाई आज शुक्रवार सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालमा कलेज संचालन गर्न नदिएर विद्यार्थीलाई विदेश पठाएर पैसा कमाउने धन्दा चलिरहेको बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘नेपालमा स्वास्थ्य तथा इन्जिनियर पठाउनका लागि कलेजका भवन भनाएका छन् । तर ती कलेजलाई अनुमति दिएको छैन । नेपालमा स्वास्थ्यको विश्वविद्यालय हुनुपर्छ, नेपालमा मेडिकल कलेज खाेल्नु पर्ने हो । तर त्यसलाई राेक्न लागेका छन् । विदेशमा विद्यार्थी पठाएर पैसा खानेको समुह छ । विद्यार्थीलाई बाहिर पठाउने व्यापार बढेको छ । स्वास्थ्य तथा इन्जिनियरको लागि भवन भनेका छन् । तर स्वीकृत दिएको छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *