अब एसका कार्यकर्ता देशभर खोजेर पनि पाइँदैनन् : अध्यक्ष ओली

नेपालगन्ज ! नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि स्थानीय निर्वाचनमा जनताले आफ्नो पार्टीलाई नेतृत्व दिने दाबी गर्नुभएको छ । उहाँले समृद्ध नेपालका लागि एमालेको विकल्प नरहेको समेत बताउनु भयो ।

आज बिहीबार बिहान नेपालगन्जमा कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली जनताले आफ्नो पार्टीलाई विश्वास गरेको बताउनु भयो ।

‘नेकपा (एस) भन्ने पार्टी बाँकेबाट साफ भएको छ । अब एसका कार्यकर्ता खोजेर पनि पाइँदैनन्,’ उहाँले भन्नुभयो,‘बाँकेमा मात्रै होइन, एमाले प्रवेशका लागि देशभरि जनलहर चलेको छ ।’

अध्यक्ष ओलीले नेकपा (समाजवादी) पार्टीका उपसचिव किशोर थापासहित करिब सात सय कार्यकर्तालाई पार्टीमा प्रवेश गराउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *