एमाले अध्यक्ष ओली नेपालगन्जमा : विभिन्न पार्टीका ५०० भन्दा बढिलाई एमाले प्रवेश गराउनु हुँदै

नेपालगन्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बाँके जिल्लाको नेपालगन्ज पुग्नुभएको छ। नेपालगन्जमा एमाले बाके जिल्लाले राखेको पार्टी प्रशिक्षण र पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन उहाँ नेपालगन्ज पुग्नुभएको हो।

बाँकेबाट माधव नेपालको पार्टी एकीकृत समाजवादी जिल्ला कमिटी बाँकेका उपसचिव ईश्वर थापा एमालेमै फर्कने भएका छन् । उनीसहित नेकपा एसकै युवा संघका केन्द्रीय सदस्य राजु तामाङसहित पाँच सयजनाको पार्टी प्रवेश कार्यक्रम तय गरिएको एमाले बाँकेले जनाएको छ । अध्यक्ष केपी शर्मा ओलीले आज उनीहरुलाई एमालेमा स्वागत स्वागत गर्दै हुनुहुन्छ। त्यस्तै आजको कार्यक्रमबाट अध्यक्ष ओलीले माओवादी,काङ्ग्रेस र अन्य दल त्याग गरि एमालेमा प्रवेश गर्नेहरुलाई पनि स्वागत गर्दै हुनुहुन्छ ।             

Leave a Reply

Your email address will not be published. Required fields are marked *