चोभार सुक्खा बन्दरगाहको शिलान्याश गर्न कांग्रेसले तीन पटक रोक्ने प्रयास गरेको थियो : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार उद्घाटन गरेका चोभार सुक्खा बन्दरगाहको शिलान्याश गर्न कांग्रेसले तीन पटक रोक्ने प्रयास गरेको खुलासा गर्नुभयो ।

बुधबार भक्तपुरको सिपाडोलमा विनासकारी भूकम्पबाट क्षति भइ पुननिर्माण गरिएको श्री शान्ति निकेतन माध्यामिक विद्यालयको उद्घाटन गर्दै अध्यक्ष ओलीले कांग्रेसले निर्माण गर्न अवरोध गरेको उक्त बन्दगाह एमालेको सरकारले नै निर्माण सम्पन्न गरेको र अहिले प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गरेको जिकिर गर्नुभयो ।

उहाँले पटक पटक अवरोधपछि एमाले सरकारले बनाएको बन्दरगाह अहिले सञ्चालनमा आउनु सुखद् भएको बताउनु भयो । एमाले सरकारले बिकासका निकै काम गरेको र फेरि पाँच वर्ष सरकारमा बसेपछि शिलान्यास र उद्घाटनको कामले तीव्रता लिने बताउनु भयो ।
वर्तमान सत्ता गठबन्धनलाई कुहिएको गठबन्धनको संज्ञा दिदै उहाँले कुहिएको गठबन्धन झरेपछि फेरि मुलुकको बिकासको बाटोमा अघि बढ्ने समेत बताउनु भयो । अध्यक्ष ओलीले परमादेशपछि बनेको वर्तमान सरकारका कारण मुलुकको बिकासको काम नै अवरुद्ध भएको जिकिर गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *