एमालेसँग एक्लै निर्वाचन लड्न नसकेपछि गठबन्धनले तालमेल गर्न लागे : अध्यक्ष ओली

काठमाडौं ! नेकपा एमाले अध्यक्ष केपी ओलीले एमालेसँग निर्वाचन लड्न नसकेपछि गठबन्धन तालमेल गर्ने भएको बताउनु भएको छ । वीरगञ्जमा मंगलबार आयोजित विशाल जनसभा र पार्टी प्रवेश कार्यक्रममा उहाँले एमालेसँग चुनाव लड्न नसक्ने भएपछि सत्तारुढ दल गठबन्धन बनाएर तालमेल गर्न लागेको आरोप लगाउनु भएको छ।

‘एक्लै एमालेसँग लड्न सकिन्न, अस्तिदेखि भन्याभन्यै छ । आज त झनै यति साथी एमाले प्रवेश गरिसक्नुभएको छ । अहिले के भयो होला उनीहरूलाई,’ ओलीले भन्नुभयो, ‘हजारौँ मानिस एमाले प्रवेश गर्नुभन्दा अगाडि नै भन्दै थिए एमालेसँगै एक्लै लड्न सकिँदैन । गठबन्धन कायम राखेर, तालमेलबाट लड्नुपर्छ भने ।’

अध्यक्ष ओलीले केही व्यक्तिलाई आफूलाई मधेसविरोधी रहेको हल्ला चलाएको पनि बताउनु भयो । ‘केपी ओली मधेसविरोधी हो भन्ने हल्ला चलाए केही स्वार्थी मान्छेहरूले,’ उहाँले थप्नुभयो, ‘म मधेसको मान्छे । ६० वर्षदेखि मत मधेसको बासिन्दा हो । ६० वर्षदेखि मधेसमा बसेको छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *