अदालतको परमादेशबाट बनेको पाँच दलीय गठबन्धन दुई दिनको खेल हो : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन दुई दिनको खेल रहेको बताउनु भएको छ । प्रगतिशील इन्जिनियर्स एशोसिएसन नेपालको महाधिवेशनलाई आज काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अदालतको परमादेशबाट बनेको पाँच दलीय गठबन्धन दुई दिनको खेल भएको जिकिर गर्नुभयो ।

‘अदालतले ल्याएर जोडजाम गरिदिएको पुतली हो । टालाटुली बाटुली कति राम्रा पुतली भने जस्तै हो । यी टालाटुली बटुलेका पुतलीहरू राम्रो पनि छैनन् । टाला पनि मिलाएर बनाउन जानेका छैनन्,’ अध्यक्ष ओलीले भन्नुभयो ‘स्थायी कुरा जनताको आदेश हो । जनताको आदेश के थियो र के आउँछ भन्ने कुरा आगामी निर्वाचनले देखाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *