जुम्लामा ५ दलको मुटु पोल्ने ओली क्रेज,जसले एमालेलाई देशभर अझ सशक्त देखाउँछ

जुम्ला ! एमाले अध्यक्ष केपी शर्मा ओलीले आज जुम्लाको सिंजा, नाराकोटमा आयोजित जनसभालाई सम्बोधन गर्नुभएको छ।
आज आयोजित सभामा उहाँ उपस्थित हुने भएपछि हजारौंको संख्यामा जनताहरु सभामा आएका थिए । यस्ता सभामा प्रायः जनताको उपस्थिति कमै देखिने जुम्लामा यसपटक एमाले अध्यक्षद्रारा सम्बोधन भएको सभा हुनाले हजारौं जनता आएका थिए। जनताको यस्तो उपस्थितिले सत्ता घटक गठबन्धनलाई अझ सशङ्कित पारिदिएको छ।

देशभरी एमाले विरुद्ध सत्ता गठबन्धनले मोर्चा गरिरहेको समयमा एमालेको साथमा विकट क्षेत्रमा पनि यो किसिमको जनलहर र उत्साह देखिनुले एमाले ५ दलका लागि भारी पर्ने आकलन गर्न थालिएको छ।जुम्लामा आजको सभामा इतिहासकै विशाल सभा भएको बताइएको छ।

साथै उक्त सभामा विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा काङ्ग्रेस-माओवादी लगायत अन्य दलका नेता कार्यकर्ताहरु नेकपा (एमाले)मा प्रवेश गरेका छन् । एमाले अध्यक्ष ओलीले उहाँहरुलाई पार्टिमा स्वागत गर्नुभएको हो।                                                   

Leave a Reply

Your email address will not be published. Required fields are marked *