एमाले एक्लैले लोभिपापीहरूको गठबन्धनलाई परास्त गर्छ : अध्यक्ष ओली

काठमाडौँ  ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न गाह्रो पर्ने बताउनु भएको छ । उहाँले सत्ता गठबन्धनमा रहेका दलका नेताहरू स्वार्थमा केन्द्रित रहेकाले निर्वाचनमा गठबन्धन हुन गाह्रो रहेको खुलासा गर्नुभएको छ ।

भक्तपुरमा आज बुधबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले भन्नुभयो , ‘गठबन्धन गर्छौं भनेका हुन्, गठबन्धन सजिलो छैन । लोभिपापीहरूको गठबन्धन कति गाह्रो होला विचार गर्नुस् त !’

सरकारको नेतृत्व गरिरहेको कांग्रेसले केन्द्रिय समितिबाट स्थानीय तह निर्वाचनमा सरकारमा रहेका दलहरूबीच तालमेल गर्ने निर्णय लिएको एक दिनपछि अध्यक्ष ओलीको यस्तो अभिव्यक्ति आएको हो । उहाँले सत्तारुढ गठबन्धनले निर्वाचन आयोगलाई भनेर मनोनयनका लागि समय लामो राखिएको बताउनु भयो ।

‘एकै दिनमा गठबन्धनले उम्मेदवारी दर्ता गर्नै सक्दैन भनेर निर्वाचन आयोगलाई भनेर दुई दिन राखेको छ । एक हप्ता गराए पनि के हुन्छ र ? मनोनयन नै हुने होला । सबै दल मिलेर आए पनि हुन्छ ।’

निर्वाचनमा गठबन्धन गरे पनि एमालेलाई जित्न सत्तारुढ गठबन्धनले नसक्ने अध्यक्ष ओलीको दाबी छ। उहाँले भन्नुभयो, ‘गठबन्धनबिना एमालेसँग लड्न सकिँदैन भन्ने बुझेको ठीक छ । गठबन्धन गरे पनि एमालेसँग लड्न सकिँदैन भन्ने बुझ्न बाँकी छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *