एमाले अध्यक्ष ओली चैत २६ गते पर्वत जानूहुँदै

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यहि चैत २६ गते पर्वतको कुस्मा जानुहुने भएको हो । नेकपा एमाले निकट भातृ संगठनहरुको संयुक्त जिल्ला अधिवेशन तथा चुनाव केन्द्रीत आम सभालाई सम्बोधन गर्न पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओली पर्वत जान लाग्नु भएको हो ।

अध्यक्ष ओली पर्वत जानु हुने भएपछि आयोजकले आवश्यक तयारीका लागि सोमवार पत्रकार सम्मेलन आयोजना गरेको थियो । चैत २६ गते हुने कार्यक्रमलाई आमसभाको रुपमा परिणत गर्ने र बढि भन्दा बढि जनसहभागिता गराउने निणर्य एमाले पर्वतले निर्णय गरेको छ ।

अध्यक्ष ओली आउने कार्यक्रमको तयारीका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको एमाले पर्वतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *