सुकुम्बासीमाथि वर्तमान सरकारले बञ्चरो चलायो : अध्यक्ष ओली

काठमाडौं ! नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासीमाथि गठबन्धनले बञ्चरो चलाएको बताउनु भएको छ। पूर्वप्रधानमन्त्री ओलीले मंगलबार तिलोत्तमा नगरपालिका–२ स्थित बनवाटिकामा निर्माण गरिएको १ सय ३४ फिट अग्लो १० तले भ्यूटावरको उद्घाटन गर्दै लालपूर्जा बाड्ने समय भएपछि गठबन्धन सरकारले भूमीहीनमाथि बञ्चरो चलाएको बताउनु भएको छ।

‘हामीले काम गर्ने हो, काम गरेर देखाउने हो, काम गरेर श्रेष्ठता गर्नुपर्ने हो। हामी ढाँटेर हिड्दैनौं । हामीले सुकुम्बासी समसया भूमी समस्या समाधान गर्न आयोग बनायौं तर भूमीहीनलाई धनी पूर्जा बाड्ने समय भएपछि गठबन्धन सरकारले बञ्चरो चलायो।’ अध्यक्ष ओलीले भन्नुभयो, ‘अब अहिले अघिल्लो सरकार सरकारले फाइल लुकाइदिएको छ। हामी फाइल खोज्दैछु। भेट्टाएपछि हामी बाड्छौं भनेर गर्न सक्छन् है। हाम्रो तरिका त्यो होइन।’

शेरबहादुर देउवा सरकार बने लगत्तै भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको थियो। पूर्वप्रधानमन्त्री ओली नेतृत्वको सरकारले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा बाँड्न भन्दै देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा २०७७ वैशाख २ गते आयोग गठन गरेको थियो। सोही विषयलाई संकेत गर्दै ओलीले यस्तो बताउनु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *