देशभर एमालेको शक्ति देखेर गठबन्धन दलहरू आत्तिए : अध्यक्ष ओली

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको शक्ति देखेर गठबन्धन दलहरू आत्तिएको बताउनु भएको छ । एमालेको शक्ति एकपछि अर्को गर्दै वृद्धि भएको नेपाली काँग्रेस पनि थाहा पाएको  जिकिर गर्दै एमालेको शक्तिका बारेमा काँग्रेस सभापतिले नै प्रस्ट गरिसक्नु भएको दावी गर्नुभयो ।

आज कपिलवस्तुमा आयोजित पार्टीको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली काँग्रेस अहिले वैशाखी खोजेर हिँड्नुपर्ने अवस्थामा आइपुगेको पनि बताउनु भयो । अध्यक्ष ओलीले अरू विचारै नभएका दलहरूको विषयमा धेरै कुरा गरेर समय फल्न आवश्यक नरहेको  जिकिर गर्दै कपिलवस्तु एमालेको लाल किल्ला भइसकेको दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अब धेरै जना एमालेमा आइसक्नुभयो, तीन महिना पहिले यस्तै उभार आएको थियो, आज उस्तै जनसागर छ । अब कोही छुट्नुभएको छ भने छिटो भित्राऔँ, ढिलाइ नगरौँ ।’ एमाले प्रवेश गर्नेहरूको देशव्यापी जनलहरले एमालेको शक्ति प्रस्ट भएको बताउँदै तराईमा विकास एमालेकै पालामा भएको बताउनु भयो। उहाँले तराईको विकास र समृद्धि एमालेका अगुवाइ पूर्ण हुँदै गएको र केही पूरा हुने चरणमा रहेको कार्यक्रममा ओलीले प्रतिनिधि सभा सदस्य वृजेशकुमार गुप्ता र प्रदेश सभा सदस्य धर्मबहादुरलाल श्रीवास्तव लगायत १० हजार बढी नेता कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउनु भएको थियो । कपिलबस्तु २ का सांसद गुप्ता र २ क का प्रदेश सांसद श्रीवास्तव ०७४ सालमा हृदयेश त्रिपाठीको स्वतन्त्र समूहबाट सूर्य चिन्ह लिएर चुनाव जित्नु भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *