चिनियाँ विदेश मन्त्रीसँग अध्यक्ष ओलीले भन्नुभयो- अबरूद्ध नाका सुचारू चाँडो हुनुपर्छ

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीसँग अबरूद्ध नाका सञ्चालन हुनुपर्ने बताउनु भएको छ।
आज काठमाडौंको होटल मेरियटमा अध्यक्ष ओलीसहित एमाले नेताहरू र विदेशमन्त्री यीबीच भेटवार्तामा उक्त ध्यानाकर्षण गराउनु भएको हो।

उक्त भेटवार्तामा अध्यक्ष ओलीले अबरूद्ध नाकाहरु सुचारु गर्न चिनियाँ विदेशमन्त्री यीसँग आग्रह गर्नुभयो। उहाँले कोरोनापछि बन्द भएको नाका खोल्नुपर्ने बताउनु भएको थियो।
अध्यक्ष ओलीले बिआराई अन्तर्गतका आयोजनाहरुलाई अगाडि बढाउनुपर्नेमा पनि जोड दिएको भेटवार्तामा सहभागी एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले बताउनु भयो।

`बिआराई अन्तर्गतका आयोजनाहरुलाई निरन्तरता दिनुपर्छ, तिनलाई चाडो सक्नपर्छ। रेल, सिँचाइ, सडक, जलविद्युत् अनि नाका व्यवस्थित गर्ने आयोजनामा चीनको सहयोग होस् भनेर अध्यक्षले भन्नुभएको छ,’ भट्टराईले भन्नुभयो, ‘शिक्षा, स्वास्थ्यमा समेत चिनियाँ सहयोग अगाडि बढ्दा समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सहयोग गर्छ। बन्द नाकाहरु चाडै सुचारु बनुन र चीन जान रोकिएका विद्यार्थीहरुको अध्ययन सुचारु बनाउनका लागि ध्यान दिन आग्रह गर्नुभएको छ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *