एमाले अध्यक्ष ओली विभिन्न कार्यक्रममा सहभागी हुन कर्णाली प्रदेश जानुहुँदै

काठमाडौं ! प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कर्णाली प्रदेशका विभिन्न कार्यक्रममा सहभागी हुनु कर्णाली प्रदेशका विभिन्न स्थानहरुमा जानू हुने भएको छ ।

दुई साताका बीचमा उहाँले जुम्ला,कालिकोट र हुम्लाका दुईवटा गरी चारवटा आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको कर्णाली एमालेले जानकारी दिएको छ ।
कर्णालीका नेता एवं एमाले केन्द्रीय सदस्य नगिन्द्र शाहीका चैत १७ गते जुम्लाको सिँजा उपत्यकामा नेपाली काँग्रेस र नेकपा माओवादी विप्लव समुहका नेताहरुलाई एमाले प्रवेश गराउने कार्यक्रम छ । सोही दिन कालीकोटको सदरमुकाम मान्मामा पनि पार्टी प्रवेश सहित चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी गराउनुभयो ।

यसैगरी बैशाखको ४ गते अध्यक्ष ओलीले कर्णालीको विकट हिमाली जिल्ला हुम्लाका दुईवटा कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । अध्यक्ष ओलीले हुम्लाको सदुरमुकाम सिमिकोट र अदानचुली गाउँपालिकामा आयोजना हुने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले हुम्लाले जनाएको छ ।

स्थानिय निर्वाचनको पुर्वसन्ध्यामा देशभर एमाले प्रवेश गर्ने लहर चलेको छ,यसै अनुरुप अध्यक्ष ओलीको दौडधुप निकै बढेको छ। उहाँ हप्ताको ३/४ दिन उपत्यका बाहिरका कार्यक्रमहरुमा सरिक हुने गर्नु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *