प्रचण्ड-माधव कम्युनिस्ट नरहेकोले एमालेको उनीहरुसँग तालमेल असम्भव : अध्यक्ष ओली

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अरू वाम पार्टी नै नभएकाले उनीहरूसँग एकता नहुने स्पष्ट पार्नु भएको छ।

आज सोमबार बसेको एमालेको पोलिटब्युरो बैठकमा नेताहरू घनश्याम भुसाल, रघुजी पन्तलगायतले वाम एकता गरेर जानुपर्ने प्रस्ताव राख्नुभएको थियो।

जवाफमा अध्यक्ष ओलीले आफ्नो पार्टीविरूद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्ने, पार्टीका सांसदलाई फुटाउन सभामुखको प्रयोग गर्ने र कांग्रेसको सेवा गर्नेहरू वाम नभएको उल्लेख गर्दै उनीहरूसँग एकता नहुने बताउनु भएको छ।
उहाँ ले माओवादीका नेता/कार्यकर्ता एमालेमा आउन चाहे उनीहरूलाई उचित स्थान दिएर स्वागत गर्न सकिने भए पनि सिंगै पार्टी एकता गर्न नसकिने उहाँहरुलाई जवाफ दिनुभएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *