स्थानीय निर्वाचन सार्ने षडयन्त्र भइरहेको छ : अध्यक्ष ओली

काठमाडौं ! नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनका सन्दर्भमा प्रकट भएका लक्षणहरु स्वस्थ नभएको टिप्पणी गर्नुभएको छ ।

आज सोमबार पार्टीको पहिलो पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आयोगले मतपत्रको रङ बदल्ने, उम्मेदवारी मनोनयनको समय दुई दिन तोक्ने र उम्मेदवारी दिन पदाधिकारीहरुले राजीनामा दिनुपर्ने जस्ता प्रावधान स्वस्थकर नभएको बताउनु भएको छ ।

उहाँले आयोगले पछिल्ला निर्णयहरु गर्दा गठबन्धनबाहेक अन्य दलसँग परामर्श नगरेकोमा आपत्ति जनाउनु भएको छ । उहाँले भन्नुभयो, ‘यो लक्षण उही भरतपुर र सिराहा प्रकरण जस्तो हुने देखिएको छ, यस्तो नहोस भन्ने म आग्रह गर्न चाहान्छु ।’
‘जनप्रतिनिधिको कार्यकारीणी पद रिक्त गर्ने प्रचलन हुन्छ कि हुँदैन ? प्रचलन हेर्ने हो भने रिक्त राख्न मिल्दैन । प्रदेश र केन्द्रको निर्वाचन हुँदा सरकार कायम हुने तर स्थानीय तहमा मात्रै रिक्त किन ?’अध्यक्ष ओलीले प्रश्न गर्नुभयो ।

उहाँले स्थानीय तहमा गठबन्धनको बर्चस्व नरहेकाले उम्मेदवारले राजीनामा दिनुपर्ने व्यवस्था गरेपनि त्यसको कुनै औचित्य पुष्टि नहुने दावी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *