परमादेशले बनाइदिएको गठबन्धनलाई जनताको आँगनमा पछार्छाैं : अध्यक्ष ओली

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतले बनाइदिएको गठबन्धनलाई जनताको आँगनमा लगेर पछार्ने बताउनु भएको छ ।

नेकपा एमाले सम्पर्क समन्वय कमिटीद्वारा काठमाडौंमा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनलाई स्यालहरूको मोर्चाको संज्ञा पनि दिनुभएको छ ।

‘यो अदालतले बनाइदिएको गठबन्धन हो । जनताले बनाइदिएको गठबन्धन हो र ? यस्तालाई जनताको आँगनमा लगेर पछार्नुपर्छ,’ अध्यक्ष ओलीले भन्नुभयो । अदालतले बनाएको सरकारलाई मुद्दा लड्न जाऊ भन्ने र आफूहरू जनताको बीचमा जाने ओलीले बताउनु भयो ।

माओवादी केन्द्रको अहिलेको हैसियत एमालेले बनाइदिएको भन्दै उहाँले भन्नुभयो, ‘प्रचण्डजी तपाईं हामीले बनाइदिएको भाँडो हेरेर बसिरहनुभएको छ । त्यसभित्रको त सकिसकेको छ । मेयर उपमेयरदेखि जनप्रतिनिधि र नेताहरू एमालेमा प्रवेश गरेको लस्कर देख्नुभएको छैन ?’ नेकपा माओवादीलाई रित्याउने मात्रै होइन, खुर्कीखार्की पारेर खाली पार्ने दाबी समेत गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *