स्थानीय निर्वाचनमा एमाले एक्लैले ७० प्रतिशत सिट जित्छ : अध्यक्ष ओली

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी एक्लैले ६० देखि ७० प्रतिशतमा जित निकाल्ने बताउनु भएको छ ।

अनेमसंघको तेस्रो पूर्ण बैठकलाई आज मंगलबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । उहाँले नाम राम्रो राख्दैमा सबै पार्टी राम्रा नहुने पनि बताउनु भयो । झण्डै दुईतिहाइ नजिक पुगेको पार्टीलाई फुटाउनेहरु कम्युनिष्ट नहुने बताउँदै उहाँले माओवादी र माधव नेपालप्रति कटाक्ष गर्नुभयो ।

‘नाम राख्दैमा म बलबहादुर हुन्नथें कामले हुँदैनथें । नामका कम्युनिष्ट हुन् कामका होइनन् । पार्टीका नाम पनि छानेर राख्छ । जुन फाटोवादी छ उसको नाम एकीकृत’, उहाँले भन्नुभयो, ‘जो प्रतिगामीको पुच्छर ऊ समाजवादी । नाम र काम एउटै हुँदैन ।’

अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा जुट्न पनि पार्टी पङ्तिलाई निर्देशन दिनुभयो । ‘हामी आगामी निर्वाचनमा ६० देखि ७० प्रतिशत स्थानीय तहमा एक्लै जित्न सक्छौं’, ‘यति जित्नका लागि हामीले सबैतिर मिलाउन सक्नुपर्छ ।’- उहाँले भन्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *