‘कम्युनिस्ट फेरि एकता’ भनेर गीत गाउनु बेकारको तमासा : अध्यक्ष ओली

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘कम्युनिस्ट फेरि एकता’ भनेर गीत गाउनु बेकारको तमासा भएको बताउनु भएको छ ।

घनस्याम भुसालप्रति लक्षित गर्दै कम्युनिस्ट सरकार ढाल्न संसदमा उपस्थित नहुने अनि पछाडिको ढोकाबाट दक्षिणपन्थी सरकार बनाउन जानेहरूले कम्युनिस्ट एकताको गीत गाउन नमिल्ने उहाँले स्पष्ट पार्नुभएको छ ।

अनेमसंघको बैठकलाई मंगलवार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा परमादेशीमा विश्वास गर्ने र जनादेशमा विश्वास गर्ने दुई शक्ति रहेको बताएका हुन् । ‘कम्युनिस्ट एकता भनेर गीत गाउने बेकारको तमासा हो । कम्युनिस्ट सरकार ढालेर दक्षिणपन्थीको सरकार बनाउनेले के कम्युनिस्ट एकताको कुरा गरेको ? कम्युनिस्ट सरकार ढाल्न बाहिर जाने र पछिल्लो ढोकाबाट गएर दक्षिणपन्थीको सरकार बनाउने ?,’ अध्यक्ष ओलीले भन्नुभयो ।
मंगलवार एक कान्तिपुर पत्रिकामा एमाले नेता घनश्याम भुसालले कम्युनिस्ट पार्टीबीच एकता नभए पतनको दिशामा जाने आशयको लेख लेखेका थिए तर भुसालको नामै नलिई अध्यक्ष ओलीले कम्युनिस्ट एकता भनेर गीत गाउने बेकारको तमासा भएको बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *