जरा नभएको यो सरकार फुत्त उखेल्न उपयुक्त समय पर्खिरहेका छौं : अध्यक्ष ओली

काठमाडौं ! नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार हटाउन आफूहरु चुनावको प्रतीक्षामा रहेको बताउनु भएको छ ।
आज शनिबार नेपाल निजामती कर्मचारी संगठनको ११ औँ राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार जरा बिनाको मुला भएकोले यसलाई उखेल्न धेरै गाह्रो नहुने बताउनु भएको छ। उहाँले त्यसका लागि चुनाव पर्खिनुपर्ने बताउनु भयो ।

अध्यक्ष ओलीले सानो मुलाको पनि सानो जरा हुने उल्लेख गर्दै अहिलेको सरकार मात्र पाँच जना न्यायाधीशको आदेशले बनेको भन्दै यसलाई उखेल्न गाह्रो नहुने टिप्पणी गर्नुभयो ।

‘जरा न फराको सरकार । केही पनि छैन, टपक्क टिप्यो भने उखेलिन्छ । बालुवामा लगेर राखेको नक्कली मुला यसो एक छिन बालुवामा राखेजस्तो हो यो । फुत्त तान्दा जरो सरो केही पनि छैन, हल्लाउनु पनि पर्दैन पुक्लुक्क आउँछ’ उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले सरकारलाई उखेल्न लाग्दा भागिरहेको उल्लेख गर्दै आगामी निर्वाचनबाट पूर्ण रुपमा उखेलिने पनि स्पष्ट पार्नुभयो ।
।उक्त अवसरमा उहाँले निजामती कर्मचारीहरुलाई जुनसुकै सरकार भएपनि सरकारलाई पुर्ण रुपले सहयोग गर्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो-‘विगतमा नेपाली काङ्ग्रेसले जस्तो हामी तपाईहरुलाई यो सरकारलाई असहयोग गर्नुस् भन्दैनौ,तपाईहरुले सरकारलाई पुर्ण सहयोग गरि काम गर्नुहोला। बाकी सरकारको असक्षमतालाई जरैबाट उखल्ने काम गर्न त हामी छँदैछौ नि।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *