अहिले सर्वाेच्चमा गोरु ब्यायो, गोरुले पाँचवटा बाच्छा पनि पायो : अध्यक्ष ओली

काठमाडौं । पुर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सर्वाेच्च अदालतमा अहिले गोरु ब्याएको टिप्पणी गर्नुभएको छ । आज शुक्रबार पोखरामा प्रेस चौतारी नेपालको नवौं महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले जनादेशको आदेश पालना गर्ने कि परमादेशको पालना गर्ने भन्दै सर्वाेच्चमा गोरु ब्याएको टिप्पणी गर्नुभएको हो ।

आफू प्रधानमन्त्री रहँदा संसद विघटन गरेर ताजा जनादेशमा जाने निर्णय गर्दा सर्वाेच्चले त्यसलाई उल्ट्याइदिएर परमादेशमा देउवा सरकारको बाटो खुलाइदिएको प्रसंगलाई संकेत गर्दै अध्यक्ष ओलीले यस्तो कुरा बताउनु भएको हो । अध्यक्ष ओलीले सर्वाेच्चमा ब्याएको गोरुले पाँचवटा बाच्छा पनि पाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एकजना न्यायाधीशलाई अमेरिकाबाटै मेल आउँछ । केपी ओली सरकार ढाल्नु नै थियो । किन ? संविधान बाहिर गइगइकनै हामीले यत्रो ठूलो उपलब्धि हासिल गरेका छौँ अथाव एउटा जननिर्वाचित प्रगतिशिल सरकारलाई ढालेका छौँ । दुनियाँमा नभएको अधिकार प्रयोग भएको छ अदालतबाट । तर, नेपालमा एकपल्ट एक जनाले भनेका थिए–गोरु ब्याउँदैन भन्थे नेपालको सर्वोच्च अदालतमा ब्यायो । उनले उहिल्यै ०५२ सालमा । अहिले गोरु ब्याएन मात्रै होइन ५ वटा बाच्छा पनि पायो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *