देश बनाउने जिम्मेवारी एमालेको काधमा मात्र : अध्यक्ष ओली

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने जिम्मेवारी आफ्नो दलको प्राथमिकता रहेको र एमालेले मात्र यसको नेतृत्व गर्न सक्ने बताउनुभएको छ । नेकपा एमाले गण्डकी प्रदेश कमिटिद्वारा आज मङ्गलवार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले एमालेका कार्यकर्ता पद तथा ओहोदाका लागि नभइ समाज निर्माणमा क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।

जनतालाई मनपर्ने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिँदै अध्यक्ष ओलीले सामाजिक न्याय र समानताका क्षेत्रमा पार्टी निरन्तर लागिरहेको बताउनुभयो । आफ्नो दल लोकतन्त्रको मूल्य मान्यता, स्वच्छता, पारदर्शीता आदिलाई आत्मसात् गर्दै अघि बढिरहेको छ भन्दै उहाँले एमालेको विचार, व्यवहार र निष्ठा अन्यसँग तुलना गर्न नमिल्ने जिकिर गर्नुभयो ।

जसपा लगायत दलबाट ठूलो संख्यामा एमाले प्रवेश गरेका नेता कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष ओलीले पार्टीको सिद्धान्तअनुसार देश र जनताका पक्षमा क्रियाशील हुन आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले आउँदो निर्वाचनमा बहुमत आउनेगरी विशेष अभियानमा जुट्न सबै समक्ष अपिल गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *