सत्यको पक्षमा जनादेशी र असत्य शक्ति परमादेशीबीच लडाइँ चलिरहेको छ : अध्यक्ष ओली

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले सत्यको पक्षमा जनादेशी र असत्य शक्ति परमादेशीबीच लडाइँ चलेको अवस्था रहेको बताउनु भएको छ । इतिहास र शास्त्रमा कहिले राम र रावण, कहिले कृष्ण र कंस त कहिले कौरव र पाण्डवबीच विभिन्न समयमा सत्य र असत्यको लडाइँ चलेको भन्दै उहाँले अहिले भने परमादेशी र जनादेशी शक्तिबीचको लडाइँ लड्नुपर्ने अवस्था आएको बताउनु भएको छ ।

‘आजको असत्यचाहिँ बडो रोचक ढंगले प्रकट भइरहेको छ‚’ पोखरामा आज बृहत् पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘असत्यको प्रतिनिधित्व गर्ने शक्ति परमादेशी र जनताको जनादेशको पक्षमा जान खोज्ने; जनताको पक्षमा लड्ने शक्ति हामी सत्यको पक्षमा रहेका छौं ।’ महाभारतको लडाइँमा लड्न गएका अर्जुन धनुवाण फालेर रुँदै बस्दा कृष्णले ‘जसले तिमिमाथि प्रहार गर्दै छ‚ उसलाई आफन्त भन्ने भ्रम छाडेर युद्धमा होमिन’ आग्रह गरेको प्रसंग जोड्दै उहाँले नेता कार्यकर्तालाई सत्यको पक्षमा लड्न आह्वान गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *