प्रदेश १ को नाम कोशी प्रदेश उपयुक्त : अध्यक्ष ओली

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिनुभएको छ।

प्रेस चौतारी नेपाल प्रदेश १ को आज विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मानव सभ्यताभन्दा अघिदेखि नै कोसी नदीको उत्पत्ति भएका कारण प्रदेश १ को नाम ‘कोसी प्रदेश’ राख्दा उपयुक्त हुने सुझाव दिनुभएको हो।

‘कोसीले पुरानो सभ्यता र परम्परा बोकेका छ। यहाँका धर्म, ज्ञान, संस्कृति, सभ्यता र परम्परा योसँग जोडिएका छन्। जातजातिपछि आएका हुन्। जातीय पहिचानको आधारभन्दा सभ्यताको पहिचान नै उपयुक्त र साझा हुन्छ, त्यसैले कुनै भ्रममा नपरी प्रदेशको नामाकरण कोसी गर्दा हुन्छ’ उहाँले भन्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *