समृद्ध नेपाल ,सुखी नेपालीको राष्ट्रिय आकांक्षामा गोलबन्द होऔं : अध्यक्ष ओली

काठमाडौ -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा बहुसाँस्कृतिक विशेषताहरु मौलिक पुँजी भएको बताउनुभएको छ ।
ग्याल्पो ल्होसार पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले एकता र सहिष्णुताको यस विशेषतालाई देश निर्माणमा प्रयोग गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।
‘हाम्रो संविधानले विविध भाषा,संस्कृति सम्बन्धी विषयलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको छ’ ओलीले शुभकामना सन्देशमा भन्नुभएको छ ‘विभिन्न समुदायका धार्मिक तथा साँस्कृतिक आस्थालाई सम्मान गर्दै नेपालमा विभिन्न भाषा,लिपी,धर्म,संस्कृति सम्पदाको संरक्षण गर्दै आएको छ । ’
नेकपा एमालेले समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई लक्ष्य बनाएर अगाडी बढीरहेको अध्यक्ष ओलीको सन्देशमा उल्लेख छ । अध्यक्ष ओलीले ग्याल्पो ल्होसारको अवसरमा भन्नुभएको छ ‘समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षा प्राप्तीको अभियानमा गोलबन्द हुन म यस सुखद् अवसरमा सबैमा हािर्दक अनुरोध गर्दछु । ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *