सभामुखमाथि महाअभियोग लाग्न पनि सक्छ : अध्यक्ष ओली

काठमाडौ ! नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोग प्रस्ताव ल्याउन पनि सकिने बताउनु भएको छ। मंगलबार पत्रकार सम्मेलनका क्रममा उहाँले यस्तो चेतावनी दिनुभएको हो।

‘हामी सभामुखविरुद्ध महाअभियोग ल्याउन पनि सक्छौँ, नल्याउन पनि सक्छौं यदि उहाँले समयमै राजीनामा दिनुभयो भने,’ उहाँले भन्नुभयो। राजनीतिक हिसाबले आपराधिक गतिविधि गर्ने एमाले संसदलाई गरेको कारबाहीलाई मान्याता दिन ढिलाई गरेर सभामुखले गैरकानुनी काम गरेको आरोप लगाउनु भएको छ।

‘राजनीतिक हिसाबले आपराधिक गतिविधि गर्ने एमाले संसदलाई हामीले कारवाही गरेका थियौँ। तर, त्यसलाई मान्यता नदिएर नयाँ पार्टी खोलाउन सभामुखले भूमिका खेल्ने काम भयो। हामीमाथिको अन्यायलाई सम्बोधन गरियोस् भनेर हामीले माग राख्दै आयौँ। तर, यसलाई सम्बोधन गर्न सरकार तयार भएन।’ अध्यक्ष ओलीले गठबन्धन देशको आवश्यकता नभएको बताउनु भयो। ‘गठबन्धन उहाँहरुको लागि आवश्यक हो, देशका लागि होइन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *