‘व्याख्यात्मक घोषणा’ नेपालीलाई अल्मल्याउने र धोका दिने निरर्थक चिजमात्र : अध्यक्ष ओली

काठमाडौं ! पुर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले एमसिसीका सन्दर्भमा सत्ता गठबन्धनले ल्याएको ‘व्याख्यात्मक घोषणा’ नेपालीलाई अल्मल्याउने र धोका दिने चिजमात्र भएको बताउनु भएको छ साथै यो जसरी प्रचार गरिएको छ त्यो निरर्थक अनि भ्रमको पुलिन्दा भएको उल्लेख गर्नुभएको छ।

वर्तमान राजनैतिक घटनाक्रमका सन्दर्भमा आज पार्टिको धारणा सार्वजनिक गर्दै पत्रकार सम्मेलन मार्फत उहाँले यस्तो बताउनु भएको हो।

त्यस्तै उहाँले सरकारले ल्याएको एमसिसी व्याख्यात्मक घोषणा लाज छोप्न बनाएको टालोमात्र भएको आरोप पनि लगाउनु भयो। ‘यसको सम्झौतासँग कुनै अर्थ छैन,’ उहाँले भन्नुभयो।

अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनद्रारा एमसिसी पारित गरिसकेकाले सधैँ विवादमात्र गरेर नहुने उल्लेख गर्दै एमसिसी कार्यान्वयन गर्ने क्रममा नेपालको सार्वभौमसत्तामा तलमाथि हुन नहुने स्पष्ट पार्नुभयो।

उहाँले एमसिसी कार्यान्वयन गर्ने क्रममा नेपालको सार्वसौभसत्ता, स्वाधीनता, स्वतन्त्रता र राष्ट्रिय हितमा केही पनि तलमाथि पार्न खोजियो भने आफ्नो दललाई मान्य नहुने पनि बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *