आन्दोलनकर्ताहरु एमसीसीका लागि निवेदन दिने झलनाथलाई ताजी बजाउँछन्, मलाई ढुंगा हान्छन् : अध्यक्ष ओली

काठमाडौं ! नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारमा बस्नेहरुले कार्यकर्ता पढाएर ढुंगा हान्न लगाएको आरोप लगाउनु भएको छ।

आज शुक्रबार पोखरामा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सरकारमा बस्नेहरुले कार्यकर्ता पठाएर सडक भत्काउन र ढुंगा हान्न लगाएको बताउनु भयो ।
उहाँले थप्नुभयो, ‘ढुंगा पनि कसलाई हान्ने भन्दा त्यही बाटोमा एमसीसी सहयोग नेपालमा ल्याइपाउँ भनेर निवेदन दिने झलनाथ खनाल बाटोबाट हिँड्दा ढुंगा हान्दैनन्, ताली बजाउँछन् ।’

‘एमसीसी अगाडि बढाउनुपर्छ भन्ने डा. बाबुराम भट्टराई हिँड्दा ढुंगा हानिँदैन । नेपाली कांग्रेसले एमसीसी पास गर्नुपर्छ भन्छ, ढुंगा हानिँदैन । टेबल गरेका छन् सभामुखले, ढुंगा हानिँदैन ।’

कांग्रेस-माओवादीको संयुक्त सरकारका बेला महराले टुंग्याएको र ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेको भन्दै उहाँले भन्नुभयो, ती सम्झौता गर्नेहरुलाई कसैले हेर्दैनन्, म बाटोबाट हिड्छु, ढुंगा हान्छन् । अनि थाहा हुँदैन यो के भइरहेको छ भनेर ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *