प्रधानमन्त्री देउवासँग वार्ताकालागि एमाले अध्यक्ष ओली सहितका नेताहरु बालुवाटारमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ताका लागि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुग्नुभएको छ । आजै दिउँसो संसद बैठक स्थगित भएलगत्तै अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई भेट्नु भएको थियो । उक्त भेटपछि उहाँहरु बीच फेरि साझ भेट्ने सहमति बनेको थियो।

अध्यक्ष ओलीले आजै देउवासँग दोस्रोपटक भेट गर्न बालुवाटर पुग्नुभएको छ । स्रोतका अनुसार अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ पनि बालुवाटर पुग्नुभएको छ।

उक्त वार्ताका लागि कांग्रेस महाममन्त्री गगन कुमार थापा पनि बालुवाटार प्रवेश गरिसकेका गरिसक्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *