बाँकी जीवन देश र जनताको निम्ति समर्पण : अध्यक्ष ओली

काठमाडौं : पुर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बाँकी जीवन देश र जनताप्रति समर्पित गर्ने बताउनु भएको छ ।
आफ्नो ७१ औं जन्मदिनको अवसरमा अध्यक्ष ओलीमाथि लेखिएको पुस्तक ‘समवेत दृष्टि’ लोकार्पण समारोहलाई भक्तपुर गठ्ठाघरमा सम्बोधन गर्दै ओलीले अबको बाँकी जीवन देश र जनताप्रति समर्पीत गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बाँकी जिन्दगी देश र जनताप्रति समर्पित गर्छु । बुवा त अझै तन्नेरी जस्तै हुनुहुन्छ भने म त झन् बुढो हुने कुरै भएन ।’ एमालेले जनताको स्नेह र आशीर्वाद पाएको र जनताको शुभकामना र आशिर्वाद सबैभन्दा ठूलो कुरा रहेको उहाँको भनाइ छ ।

अध्यक्ष ओलीले राष्ट्र निर्माणमा सबैभन्दा ठूलो सहयोग जनताको रहेको भन्दै आफू बिरामी पर्दा जनताले मठमन्दिरमा पूजा, भाकल गरेर, शुभेच्छा दिएर आफ्नो स्वास्थ्यलाभको कामना गरेको स्मरण गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *