एमाले अध्यक्ष ओलीको आज ७१ औं जन्मोत्सव : शुभेच्छुकहरुबाट सामाजिक संजालमा शुभकामनाको ओइरो

काठमाडौं ! पुर्व प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज ७० बर्ष पूरा भै ७१ औं बर्षमा प्रवेश गर्नु भएको छ।

२००८ साल फागुन ११ गते तेह्रथुममा जन्मनु भएका ओली हाल नेपाली राजनीतिका रोल मोडल हुनुहुन्छ। ३ पटक देशको कार्यकारी प्रधानमन्त्री नियुक्त भैसक्नु भएका पुर्वप्रधानमन्त्री ओली नेपाली जनताका माझमा ‘सुखी नेपाली समृद्ध नेपाल’ का सङ्कल्पकार हुनुहुन्छ।
रास्ट्रीयता,सुशासन,समृद्धि र जनताको मनोभावनालाई देशको आवस्यकता अनुरुप कार्यान्वयन गर्न माहिर उहाँ नेपाली जनतामाझ समकालीन राजनितिज्ञहरु मध्ये सबैभन्दा प्यारो पात्रका रुपमा चिनिनुहुन्छ।

दोस्रो पटक नेकपा (एमाले) को अध्यक्षमा चुनिनु भएका ओलीलाई फेरि एकपटक जनताले देशको कार्यकारी भएर विकाशका बाकी अभिभाराहरु पूरा गर्ने अपेक्षा राखेका छन् । यसैगरी आज उहाँको ७१ औं जन्मोत्सवमा शुभकामना दिनेहरु ओइरो छ, सामाजिक संजालका भित्ताहरु उहाँलाई जन्मदिनको शुभकामना भनेर रंगिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *