एमाले अध्यक्ष ओली र अमेरिकी राजदुत बेरीबीच बालकोटमा भेटवार्ता

काठमाडौं– पुर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच आज अध्यक्ष ओली निवास बालकोटमा भेटवार्ता भएको छ।

अध्यक्ष ओली र राजदूत बेरीबीच आज अपराह्न भेटवार्ता भएको बालकोट स्थित विशेष स्रोतले सभ्यखबरलाई बतायो।
स्रोतका अनुसार अध्यक्ष ओलीलाई भेट्न राजदूरत बेरी भक्तपुरको बालकोटस्थित उहाँको निजी निवास पुग्नुभएको थियो।

एमसिसी पास गर्ने सन्दर्भमा सत्ता गठबन्धन भित्र खटपट भैरहेको समयमा राजदुत बेरि र अध्यक्ष ओलीबीच भएको यो भेटवार्तालाई चासोका साथ हेरिएको छ। अध्यक्ष ओली अहिले सांझ प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुग्नु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *