पृथ्वीनारायण शाहको गलत निर्णयले कालु पाँडे मारिए : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले पृथ्वीनारायण शाहको गलत निर्णयका कारण तत्कालीन सेनापति कालु पाँडे मारिएको बताउनु भएको छ ।काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा सोमबार आयोजित कार्यक्रममा उहाँले राष्ट्र एकीकरण अभियानमा पृथ्वीनारायण शाहको गलत निर्णयका कारण काजी पाँडे मारिएको बताउनु भएको हो ।

‘पृथ्वीनारायण शाहको राष्ट्र एकीकरण अभियान राम्रो हो । तर, पृथ्वीनारायण शाहले गलत नै गर्दैन थिए भन्ने होइन,’ उहाँले भन्नुभयो, कीर्तिपुरमा आक्रमण गर्दा पृथ्वीनारायण शाहको गलत निर्णयले कालु पाँडेको निधन भएको हो ।’

यसबारे उहाँले थप भन्नुभयो, ‘कालु पाँडे अहिले कीर्तिपुरमा आक्रमण गर्नुहुँदैन भनेका थिए । पृथ्वीनारायण शाहले कालु पाँडेका कारण युद्ध हारिने भयो भने । त्यसपछि उनी पनि आक्रमण गर्न राजी भए । कीर्तिपुरमा पाँँच हजार सेना तयारी अवस्थामा थिए । यता एक हजार २०० थिए । यस कारण १८१४ जेठ १९ गते कीर्र्तिपुर आक्रमण गर्दा कालु पाँडे मारिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *