अनुकूल समयमा जिम्मेवारी हस्तान्तरण गर्छु– अध्यक्ष ओली

 

काठमाडौं ! नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अनुकुल समयमा जिम्मेवारी हस्तान्तरण गर्ने बताउनुभएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले कोही पनि निर्विकल्प नहुने बताउनु भएको हो ।

महाधिवेशनसम्मका लागि कसैले आफूलाई चुनौती दिइनहालेको भन्दै उहाँले अनुकुल समयमा जिम्मेवारी हस्तान्तरण गर्ने पक्षमा रहेको बताउनुभयो । ओली पक्षका नेताहरूले भने एउटा चुनाव र एउटा महाधिवेशन ओलीकै नेतृत्वमा हुने बताएका छन् ।

अर्को प्रसंगमा उहाँले आफूले ल्याएको अध्यादेश र अहिलेको अध्यादेशमा धेरै फरक रहेको दाबी गर्नुभयो । उहाँले अध्यादेश माधव नेपालको अनुकुलमा ल्याएको टिप्पणी गर्नुभयो । रिसोर्टका लगेर सांसदलाई बन्दक बनाएर आयोगमा ल्याउने काम भएको उहाँको टिप्पणी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *