गठबन्धनलाई पानीमुनि गएपनि ठेगान लगाइन्छ : अध्यक्ष ओली

काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्तारुढ गठबन्धनलाई भत्काइ छाड्ने बताउनु भएको छ । उहाँले चुनावमा जानैपर्ने परिस्थिति लोकतन्त्रमा हुने भएकाले गठबन्धन धेरै नटिक्ने जिकिर गर्नुभयो ।

प्रमुख प्रतिपक्षी दलका नेता समेत रहनु भएका अध्यक्ष ओलीले भक्तपुरमा सूर्य विनायक नगर अस्पतालको उद्घाटन कार्यक्रममा गठबन्धन टिक्न नसक्ने बताउनु भएको हो । ‘यो गठबन्धनलाई पानीमुनिबाट भएपनि ठेगान लगाइन्छ, लगाइन्छ,’ उहाँले भन्नुभयो, ‘बच्ला पानीमुनि गएपनि कहाँ यो स्वार्थी गठबन्धन ? यो कहाँ बच्छ ? बच्न सक्दैन । बढीमा एक वर्ष हो यसको आयु । संसारभरिका ज्योतिषिलाई सोध्यो भन्यो पनि त्यै भन्छन् बढीमा १ वर्ष हो यो सरकारको आयु ।’
मुलुकमा शान्तिसुरक्षा र विकासका लागि एमाले सरकार चाहिने अध्यक्ष ओलीको भनाइ थियो ।

उहाँले चुनावमा जालझेल गर्न नहुने बताउनु भयो । राज्यका संयन्त्र निष्पक्ष हुनुपर्ने उहाँको आग्रह थियो । अबको एक वर्षमा चुनाव आउनै पर्ने उहाँले बताउनुभयो। सरकारले चुनाब नगर्न जालझेल गर्नसक्ने भन्दै जनतालाई सचेत रहनपनि आग्रह गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *